Fri. Apr 19th, 2024

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को पहिलो गीतले युट्युबमा एक करोड बढी भ्युज पाएको छ । ९ महिनाको अवधिमा १ करोडभन्दा धेरै भ्युजका साथ यो गीत करोड क्लबमा प्रवेश गरेको हो ।
प्रेमगीत ३ को शीर्ष गीतको रुपमा रहेको हर युग होस् प्रेम गीतको लिरिकल भिडियो मात्र रिलिज भएको थियो । यो गीतलाई दर्शकले निकै असाध्यै रुचाएका छन् ।
यो गीतको शब्द राजेश कुमार श्रेष्ठ संगीत एलिश कार्की र आवाज प्रताप दास र प्रविशा अधिकारीको रहेको छ । यो समाचार तयार पारिरहदाँ यस गीतलाई १ लाख १२ हजार ३ सय ५० जनाले लाइक गरेका छन् भने ५ हजार ३ सय ५० जनाले डिसलाइक गरेका छन् । यस्तै गीतमा ७ हजार बढी कमेन्ट प्राप्त छन् ।
चलचित्र प्रेमगीत ३ मा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
संतोष सेन निर्माता रहेको फिल्ममा सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् । कोरोना भाइरसको संक्रमणका कारण हलहरू बन्द भएपछि प्रेमगीत ३ रिलिज हुन सकेको छैन ।

Leave a Reply

%d bloggers like this: