Thu. Apr 25th, 2024

एजेन्सी । उदीत नारायणका छोरा आदित्य नारायणले कोरोना भाइरसका कारण आँफू गम्भीर आर्थिक संकटमा परेको बताएका छन् । भारतीय संगीत, रियालिटी शो तथा केही फिल्महरूमा समेत काम गरेका आदित्यले आफ्नो बैंक खातामा जम्मा १८ हजार मात्र बाँकी रहेको खुलासा गरेका छन् ।
आदित्यले आफूले कहिलै एक वर्षभरी काम नगरी बस्ने योजना नबनाएको तर लकडाउनले गर्दा योजना विफल भएको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा अब पनि काम गर्न सुरू नगरे आँफुसँग भएको बाइक लगायत अन्य सामग्रीहरू बेचेर दैनिकी चलाउनु पर्ने बाध्यता आउने बताएका छन् । बलिउड बबल नामक अन्तर्वार्ताका क्रममा उनले बिग्रँदै गएको आर्थिक अवस्थाबारे उल्लेख गरेका हुन् ।
उनले सोही अन्तर्वार्तामा अब पनि लकडाउन जारी रहे भोकै मर्नुपर्ने अवस्था आउने उल्लेख गरेका छन् ।
आदित्यले इन्डियन आइडल लगायत अन्य लोकप्रीय भारतीय प्रोग्रामहरू होस्ट गर्ने गरेका छन् । उनले केही दिनअधि मात्रै आफ्नी प्रेमिका सार्वजनिक गर्दै यसै वर्ष विवाह गर्ने बताएका थिए ।

Leave a Reply

%d bloggers like this: