Fri. Apr 19th, 2024

काठमाडाैँ । गायक प्रमोद खरेल र मेलिना राईको आवाजमा ‘सुनरीमै’ बोलको गीत सार्वजनिक भएको छ । ब्ल्याक ब्रोज इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलमार्फत यो गीत बिहीबार सार्वजनिक भएको हो ।
विश्व गाैडेलले रचेको शब्दमा गायक खरेल र राईले स्वर भरेका छन् भने दीपक शर्माको संगीत रहेको छ । ए वान म्युजिसियन केटीएममा रेकर्ड गरिएको गीतमा किशोर थापाले मिक्सिङ गरेका छन् ।
गीतको भिडियोमा लोकप्रीय नाजिर हुसेर र टिकटक स्टार ट्वीन्स (प्रिज्मा र प्रिन्सी खतिवडा) लाई फिचर गरिएको छ ।
जीवन रसाइलीको निर्देशन रहेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् । त्यस्तै भिडियको सम्पादन नविन निराैलाले गरेका छन् ।
गीतको भिडियोमा नाजिर हुसेन विवाहित भएको र उनी अर्की केटी पट्याउन गरेको प्रयासलाई देखाउन खोजिएको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै गीतले १ लाख ३२ हजारभन्दा धेरै भ्युज पाइसकेको छ ।

Leave a Reply

%d bloggers like this: