Thu. Apr 18th, 2024

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीले सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा झुटो दाबी गर्नेहरू विरूद्ध मुद्दा दर्ता गर्ने भएकी छिन् । सुशान्तको मृत्यु प्रकरणमा आफु जोडिनुमा अरूको झुटो दाबी भएको भन्दै उनीहरू विरूद्ध मुद्दा दर्ता गर्ने तयारी गरेकी हुन् ।
भारतीय मिडियाहरूमा उल्लेख भएअनुसार रियाले झुटो दाबी गर्नेहरूको नाम तयार पारेको र सो नामहरू सिबिआइमा दिने तयारी गरेकी छिन् । रियाका वकिल सतिश मानशिन्डेले पनि रिया मुद्दाको तयारीमा रहेको उल्लेख गरेका छन् ।
मानशिन्डेका अनुसार रियाले झुटो दाबी गर्नेहरू विरूद्ध सिबिआइमा मुद्दा दर्ता गर्नेछिन् । उनका अनुसार सीबीआईलाई अनुसन्धान दिग्भ्रमित गराएको आरोपमा उनीहरू विरूद्ध कानुनी कलम उठाउन आग्रह गरिनेछ ।
झुटो आरोप लगाएर कोहसी व्यक्तिहरूले रिया चक्रवर्तीलाको प्रतिष्ठामा दाग लगाउने प्रयत्न गरिएको मानशिन्डेको आरोप छ ।
रियाले कानुनी प्रकृया अघि बढाउने कुरालाई रितेश देशमुखले कदर गरेका छन् ।
रिया एक हप्ता अघिमात्रै धराैटीमा छुटेकी छन् ।

Leave a Reply

%d bloggers like this: