Thu. Apr 25th, 2024

काठमाडौँ । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले पाँचौ जित निकालेको छ ।
सोमबार भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा बैंगलोरले कोलकातालाई जितका लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ११२ रन बनायो ।
कोलकाताका तीन खेलाडीले मात्रै दोहोरो अंक बनाए । शुबमन गिलले ३४ रन बनाउँदा आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६–१६ रन बनाए । बलिङतर्फ बैंग्लोरका क्रिस मोरिस र वासिङटन सुन्दरले समान २–२ विकेट लिए ।
यसअघि शारजाह रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको बैंग्लोरले २० ओभरमा दुई विकेटको क्षतिमा १९४ रन बनाएको थियो। बैंग्लोरका लागि एबी डि भिलियर्सले विष्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७३ रन बनाए ।
त्यस्तै, बैंग्लोरका लागि आरोन फिन्चले ४७, कप्तान विराट कोहलीले अविजित ३३ र देवदुत्त पाडिकलले ३२ रनको योगदान दिए । बलिङतर्फ आन्द्रे रसेल र प्रसिद्ध कृष्णले समान १–१ विकेट लिए ।
कोलकातालाई पराजित गरेको बैंग्लोरले सात खेलबाट पाँचमा जित र दुई खेलमा हार ब्यहोर्दै १० अंक बनाएको छ। बैंग्लोर लिगको तेस्रो स्थामा छ । सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको कोलकाता आठ अंकसहित चौथो स्थानमा छ ।

Leave a Reply

%d bloggers like this: