Thu. Mar 28th, 2024

काठमाडौँ । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा आइतबार राति दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौँ जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।
मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । दुवै खेलाडीले समान ५३ रन बनाएर आउट भए । यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डेय १२ रनमा अविजित रहँदा केइरन पोलार्ड ११ रनमा अविजित रहे । दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १र१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईले ७ खेलमा ५ जित सहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।

Leave a Reply

%d bloggers like this: