Fri. Mar 29th, 2024

तेलेगु फिल्मका अभिनेता जय प्रकाश रेड्डीको मृत्यु भएको छ । मंगलबार बिहान रेड्डीको आन्द्र प्रदेश स्थित आफ्नै निवासमा मृत्यु भएको हो ।
उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनको ७४ वर्षको उमेरमा मृत्यु भएको हो ।
रेडीले ४० को दशकबाट तेलेगु फिल्म डेब्यु गरेका थिए । १९८८ मा वेंकटेशको फिल्म ब्रह्म पुन्थरूढुबाट उनले अभिनयको सुरूवात गरेका थिए । तर, पनि त्यसको १० वर्षपछि उनी लोकप्रिय हुन थालेका थिए ।
सन् ११९९ मा नन्दमुरी बालकृष्णको फिल्म समरसिंह रेड्डीले फिल्ममा अभिनय सुरू गरेका थिए । त्यो फिल्मको सफलता पछि उनले पछाडी फर्केर हेर्नु परेको थिएन ।
रेड्डीलाई भाषाका विज्ञका रूपमा समेत चिनिन्छ । उनी तेलेगुमा बोलिने सबै भाषामा पोख्त थिए ।
खलनायकको भूमिकाका लागि प्रसिद्ध उनको कमेडी पनि उत्तिकै रूचाइएको थियो ।
उनले करीब १ सय वटा फिल्मा अभिनय गरेका छन् । उनको मृत्युले तेलेगु फिल्म इण्डस्ट्रीमा ठूलो क्षति भएको कलाकारहरूले बताएका छन् ।

Leave a Reply

%d bloggers like this: