Thu. Apr 25th, 2024

क्यान्सरसँग जुधिरहेका बलिउड अभिनेता सञ्जय दत्त सोमवारबाट अभिनेता रणवीर कपूरसँग फिल्म ‘शमशेरा’ को छायांकनमा फर्किएका छन् । सञ्जयका नजिकका साथीले भारतीय मिडियालाई यो कुराको जानकारी दिएका हुन् । उनले हालै एक थेरापी सेसन लिएका थिए र उनी क्रमश रिकभर हुँदै गएका छन् । अहिले उनी कोकिलाबेन अस्पतालका डाक्टरको सम्पर्कमा छन् ।
सञ्जयले डा.जलील पारकर र फोक्सोको क्यान्सरका लागि अमेरिकाबाट सेकेण्ड ओपिनियन लिएका छन् र लगातार कोकिलाबेन अस्पतालका डाक्टरको सम्पर्कमा छन् । कोकिलाबेनको सुत्रका अनुसार, सञ्जय दत्तलाई मिडियामा भनिएजस्ता जटिल समस्या छैन । अमेरिकाले उपचारका लागि पाँच वर्षलाई भिषा दिए पनि उनी तत्काल उपचारका लागि त्यहाँ जाने सोचमा छैनन् ।
सञ्जय दत्त अहिले आफ्नो बाँकी फिल्मको छायांकन सक्न जोड दिइरहेका छन् । कोकिलाबेनको सुत्रले भनेको छ, ‘उहाँको उपचार भारतमै सम्भव छ । उहाँ पनि सकारात्मक हुनुहुन्छ । उहाँ अहिले लगातार आफ्ना नजिकका व्यक्तिसँग सम्पर्कमा हुनुहुन्छ र सबैसँग कुराकानी गरिरहनुभएको छ ।’ ‘शमशेरा’ र ‘केजीएफ २’ को छायांकनपछि उनले फिल्म ‘भुज’ को डबिङ गर्नेछन् ।
Other News Headlines

Leave a Reply

%d bloggers like this: