Thu. Apr 25th, 2024

बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार उनी स्वयंमले सामाजिक सञ्जालमार्फत् यो कुराको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘म ठीक छु र मेरो लक्षण एसिम्प्टोम्याटिक हो । मैले घरमा आफैंलाई क्वारेन्टाइन गरेको छु । म आफ्नो हेल्थ अपडेट दिँदै गर्नेछु ।’ उनको कोरोना परीक्षणको रिपोर्ट आइतवार मात्र आएको हो ।
अर्जुन, रकुल प्रीतसँग निखिल आडवाणीले निर्माण गरिरहेको फिल्मको फिल्मसिटीमा छायांकन गरिरहेका थिए । त्यहाँ भारत-पाकिस्तानको सीमावर्ती क्षेत्रको सेट बनाइएको छ । दुई देश विभाजनको ब्याकड्रपको लभस्टोरीमा फिल्म आधारित छ । अर्जुन र रकुलले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । तर, अर्जुनलाई कोरोना देखिएपछि फिल्मको छायांकन रोकिएको छ ।
कोरोनाका बीच सरकारले जारी गरेको गाइडलाइन अनुसार अहिले बलिउड कलाकारहरुले फिल्मको छायांकन गरिरहेका छन् । यसमा अक्षय कुमार, अर्जुन कपूर, रकुल प्रीत, गुरमीत चौधरी आदि छन् । त्यस्तै, अजय देवगन आफ्नो फिल्म ‘भुज : प्राइड अफ इन्डिया’ को पोस्‍ट प्रोडक्‍शनमा व्यस्त छन् । कोरोना देखिएपछि अर्जुनको नयाँ फिल्मको छायांकन भने प्रभावित भएको छ ।

Leave a Reply

%d bloggers like this: