Fri. Mar 29th, 2024

काठमाडौं । पछिल्लो केही समयदेखि नेपाल र भारतबीच सीमानाको विषयलाई लिएर विवाद भइरहेको छ । यही बीचमा नेपालले लिपुलेक र कालपानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसले नयाँ मोड लिएको छ । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले पनि यो विषयमा चासो देखाउँदै नेपालले कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा जोडेकोमा समर्थन जनाएकी छन् ।

मनिषाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटरलाई रीट्वीट गरेकी छन् । उनले नेपाल सरकारलाई धन्यवाद दिँदै ‘भारत, नेपाल र चीन ‘सबै तीन महान देश’बीच शान्तिपूर्ण र सम्मानजनक कुराकानीको आशा राख्दछु’ भन्दै रिट्वीट गरेकी छन् । यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले ट्वीट गरेका थिए । ‘ लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।’ भनी ट्वीट गरेका थिए ।Manisha Koirala@mkoirala

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏 https://twitter.com/PradeepgyawaliK/status/1262403555731759104 …Pradeep Gyawali@PradeepgyawaliKलिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।24.5KTwitter Ads info and privacy13K people are talking about this

गत वर्षको नोभेम्बरमा भारतको गृह मन्त्रालयले एक नयाँ नक्सा जारी गरेको थियो । जसमा कालापानी क्षेत्रलाई पनि समेटेको थियो । नेपालले आफ्नो मान्दै आएको कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा राखेपछि नेपालले कडा आपत्ति जनाएको थियो । गत मे ८ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले कैलाश मानसरोवार जाने सडक उद्घाटन गरेका थिए । ८० किलोमिटर लम्बाईको यो सडक लिपुलेक पुगेर टुंगिन्छ । यो विषयमा पनि नेपालले आपत्ति जनाएको थियो ।

Leave a Reply

%d bloggers like this: