Fri. Mar 29th, 2024

यतिबेला नेपाली चलचित्र क्षेत्र पनि विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासमा छ । फिल्मकर्मीहरुले पूर्व निर्धारित समयमा चलचित्र प्रदर्शन गर्न सकिरहेका छैनन् । चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा थुप्रै चलचित्रले पछि सरिरहेका छन्


केही दिन अगाडि मात्र चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले कोरोना त्रासकै कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि पछि सारेको थियो । चलचित्र टिमले दर्शकको स्वास्थ्य भन्दा ठूलो केहि नभएको बताउँदै आएका छन् ।

यहि मेसोमा आगामी चैत्र ७ गतेलाई प्रदर्शन मिति लक गरेको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति पनि पछि सारिएको छ । कोरोना त्रासकै कारण चलचित्र पछि सार्नुपरेको निर्माणपक्षको भनाई छ ।

संचारकर्मी फूलमान वलले निर्देशन गरेको यो चलचित्रको प्रदर्शन मिति दोस्रो पटक परिवर्तन गरिएको हो । यस अघि फागुण ३० गतेलाई प्रदर्शन मिति पक्का गरेको यो चलचित्र सोही मितिमा ‘म यस्तो गीत गाउँछु २’ आउने भएपछि एक साता पछि सारिएको थियो ।

चलचित्र ‘नीरपूल’मा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

saptahik.com.np

Leave a Reply

%d bloggers like this: