Sat. Apr 20th, 2024

अभिनेता अनमाेल केसीले आँफु कामकाे शिलशिलामा बाहिर भएकाे बेला आफ्नाे चरित्रहत्याकाे प्रयास भएकाे बताएका छन् । फिल्म “धुपाैराे”काे लागि केसीले ५ लाख एडभान्स लिएर काम नगरेकाे आराेप लागेका उनले यस्ताे बताएका हुन् ।

केही समय पहिले “धुपाैराे” फिल्ममा काम गर्नका लागि अभिनेता केसीले रु ५ लाख लिएकाे तर फिल्ममा काम गर्न नमानेकाे भन्दै मुद्दा दर्ता गरेकाे थियाे । तर साे आराेपकाे खण्डन गर्दै निर्माण पक्षले स्क्रिप्टमा राम्राे गृहकार्य नगरेकाे बताएका छन् ।

अभिनेता केसीले आफु स्क्रिप्टमा ध्यान दिएर फिल्ममा काम गर्ने बताउँदै लेखेकाे स्टाटसमा “यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु । ” भनिएकाे छ ।

त्यस्तै उनले आँफुले फिल्मका लागि भनेर लिएकाे रु ५ लाख जुनसुकै समयमा फिर्ता गर्न तयार रहेकाे समेत बताएका छन् ।

Leave a Reply

%d bloggers like this: