Sat. Apr 20th, 2024

फिल्मको प्रदर्शन मिति एकसाता बाँकी रहदा ‘सेन्टीभाइरस’ निर्माण युनिटले फिल्मका लागि ‘पार्टी जिताइदे’ बोलको नयाँ गीत छायाँकन गरेको छ ।

निर्माण युनिटले फिल्मको प्रमोसनल गीतको रुपमा मंगलबार उक्त गीत छायाँकन गरेको हो । गीत चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भित्र छायाँकन गरिएको छ । गीत तामझाम साथ ‘पार्टी जिताइदे’ नारा गुञ्जाउँदै छायाँकन गरिएको गीत हो ।

गीतमा फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायतले अभिनय गरेका छन् । गीतको निर्देशन चलचित्रका लेखक दीपक आचार्यले गरेका थिए

शुभविहानी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल (भुर्मुस), कुञ्जना, सन्दीप क्षेत्री, विल्सन बिक्रम राई लगायतको अभिनय रहेको छ ।

फिल्ममा शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

२ करोडको लागतमा बनेको फिल्म डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् । फूर्पा लामा सह निर्मातामा रहेको फिल्म कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको आम्दानी मध्यको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’लाई दिने घोषणा समेत निर्माण युनिटले केही अगाडि गरेको थियो ।

ratopati..com

Leave a Reply

%d bloggers like this: