Thu. Mar 28th, 2024

प्रधुम्न मिश्र निर्देशित फिल्म ‘धुलो’ को फर्स्टलुक पोस्टरहरु सार्बजनिक गरिएको छ । साथै फागुन १६ गते लाई प्रदर्शन मिति पनि निश्चित गरिएको छ ।

सामाजिक बिषयमा निर्माण गरिएको फिल्ममा एक रिक्सा चालकको सपना, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको छ । फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रधुम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की मुख्य भूमिकामा रहेका छन् । त्यस्तै फिल्ममा नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवाको पनि बिशेष भूमिका रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन् । दीपा धरेल फिल्ममा सहनिर्माताको रुपमा छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन ।

निर्देशक मिश्रले फिल्म ममस्पर्शी कथामा निर्माण गरिएको र कन्टेन्टमा फिल्म बनाएको हुनाले हरेक नेपालीले मन पराउने बिश्वास ब्यक्त गरेका छन् । फिल्म वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।

Leave a Reply

%d bloggers like this: