Fri. Apr 19th, 2024

फिल्म सेल्फी किंगको गीत ‘जिन्दगीको के छ र भर’ सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए संगै फिल्म चर्चाको शिकारमा रहेको छ । गीतमा सुबाश भुषालको संगीत, सुरज गैरे ‘विवश’ को शब्द, केतन छेत्रीको स्वर र उदय राज पौडेलको संगीत संयोजन रहेको छ। गीत मार्मिक रहेको छ ।

फिल्ममा अन्य मान्छेहरुलाई हसाएर मनोरंजन गराउने हास्य कलाकारको व्यक्तिगत जिबनको संघर्षको कथा प्रस्तुत गरिएको छ । फिल्ममा बिपिन कार्कीको साथ साथै लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, लोकमणि सापकोटा, जिबन भट्टराई, सबिन बास्तोला लगायतका कलाकारहरुको अभिनय देख्न सकिनेछ । दिनेश राउत र सुभाष थापाले निर्माण गरेको फिल्म लाइ बिशाल सापकोटाले निर्देशन गरेका हुन् । बिशाल सापकोटाकै लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन र जिबन थापाको सम्पादन रहेको छ । ‘सेल्फी किंग’ माघ २४ गते रिलिज हुनेछ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: