Fri. Apr 26th, 2024

फिल्म ‘चिसो एस्ट्रे’ जेठको १६ गतेबाट रिलिज हुनेभएको छ । फिल्म गाउँबाट शहर प्रवेश गरेसँगै शहरिया बन्न एक यूवाले गर्ने विभिन्न क्रियाकलाप समेटेर तयार गरिएको निर्माण युनिटले जनाएको छ ।

फिल्मका निर्देशक दिनेश पाल्पालीले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई यसपटक पर्दामा प्रस्तुत गरेका खोजिएको बताउँछन् । उनी भन्छन्, ‘ गाउँबाट शहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छौ तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ’ उनले भने ,’आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’ पाल्पालीले यसअघि ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए ।

फिल्ममा दिव्य देव निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र श्रृष्टी श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

महेशबाबु तिमिल्सिनाको प्रस्तुतिमा कंगारु क्रिएसन र लोकल सिनेमाले निर्माण गरेको फिल्ममा निर्देशक पाल्पालीकै लेखन, उज्वल बास्ताकोटीको छायांकन र उज्वल ढकालको सम्पादन रहेको छ ।

फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मको केही दिनअघि मात्र भिजुअल फम्यार्टमा फस्टलुक सार्वजनिक भइसकेको छ ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: