Fri. Apr 26th, 2024

अाज शुक्रबारकाे शोमा नेपालि फिल्महरूमा नेपाली फिल्म “माछा माछा” प्रदर्शनमा अाएको छ । नौमती इन्टरटेन्मेन्ट प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा लेखन तथा निर्देशन सुनिल गुरुङको रहेको फिल्म अाजबाट प्रदर्शनमा अाएको हो ।

कार्तिक २९ गते नै प्रदर्शन हुने भनिएता पनि फिल्मको प्रदर्शन मिति अाजलार्इ तय भएको र सोही अनुसार प्रदर्शनमा अाएको हो ।

रामबाबु गुरुङ र दयाहाङ राइ निर्माता रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सह–निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मणिराम पोखरेल छन् । चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणी नेपाल, धु्रव कोइराला, बसन्त भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अनुपम शर्माको संगीत, प्रविण सिंहको कोरियोग्राफी छ । चलचित्रले एक व्यक्तिलाई मार्न पैसा लिएका तीन यूवा र उनीहरुको दौडधुपको कथालाई उठान गरेको छ ।

Leave a Reply

%d bloggers like this: