Tue. Apr 23rd, 2024

सन्तोष सेनको आगामी फिल्म ‘प्रेम गीत–३’मा अभिनेता प्रदीप खड्का (प्रेम) र मनिष राउतको बुबाको भूमिका निभाइरहेका अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ ।

विगत चार महिनादेखि निर्माण गरिएको भव्य सेटमा फिल्मको आधा भाग छायाङ्कन सम्पन्न भएसँगै अभिनेता श्रेठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको हो ।

पोष्टर सार्वजनिक गर्दै निर्माता सेनले बाँकी छायाङकनका लागि मनाङ प्रस्थान गरेको जानकारी समेत गराएका छन् । सार्वजनिक पोष्टरमा अभिनेता श्रेष्ठलाई लामा कपाल र जुंगासहित जमानाको ड्रेसअपमा प्रस्तुत गरिएको छ ।

अभिनेता श्रेष्ठको क्यारेक्टर लुक सार्वजनिक भएसँगै दर्शकमाझ थप कौतुहलता थपिएको छ । केही समय अघि मात्रै पनि निर्माण पक्षले फिल्मको मोसन टिजर सार्वजनिक गरेको थियो, जहाँ अभिनेता प्रदीप खड्कालाई योद्धा अवतारमा प्रस्तुत गरिएको छ ।

प्रदीपको सो अवतारलाई दर्शकहरुले खुब रुचाइरहेका छन् ।

चैत २८ गते नेपालभरका सम्पूर्ण हलहरुमा एकसाथ प्रदर्शन हुने ‘प्रेम गीत ३’ प्रदीप खड्का र क्रिस्टिना गुरुङ, शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई सुजल बस्नेतको मुख्य भूमिका रहनेछ ।

सेनको ‘प्रेमगीत–३’ (अ फर्विडन लभस्टोरी) पिरियड ड्रामा फिल्म हो । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बन्दै गरेको ‘प्रेमगीत–३’मा अभिनेता प्रदीप खड्काले ‘प्रेम’को भूमिका निभाउँदैछन् । त्यस्तै ‘गीत’को भूमिकामा नव अभिनेत्री क्रिस्टिना गुरुङ प्रस्तुत हुँदैछन् ।

जनकारी अनुसार यो फिल्मको छायाङकन काठमाडौंमा ४५ प्रतिशत गरिएको छ, भने बाँकी ५५ प्रतिशत मनाङ्गमा गरिनेछ ।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: