Fri. Apr 26th, 2024

‘दि भ्वाइस अफ नेपाल’ को दोश्रो सिजनमा कोच राजुको टिममा रहेका सनिश श्रेष्ठले फिल्मको गीतमा आवाज दिने भएका छन् । छायांकनको क्रममा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’मा उनले गीत गाउने पक्का भएको छ । अर्जुन पोखरेलको संगीतमा तयार भएको एक गीतमा सनिशले स्वर भर्ने छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यस फिल्मको छायांकन छिट्टैनै सकिनेछ । फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहने छ । सांगीतिक प्रेमकथामा निर्माण भैरहेको फिल्म फागुन २३ गतेबाट प्रदर्सनमा आउने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: