Wed. Apr 24th, 2024

बलिउड हट नायिका सन्नि लियोनको अभिनय रहेको नेपाली फिल्म “पासवर्ड”ले राम्रो सुरूवात गरेको छ । बिहीबार सन्नि लियोनको माझ  प्रिमियर भएसँगै शुक्रबारबाट प्रदर्शन सुरू भएको फिल्मले सुखद सुरूवात गर्न सफल भएको हो ।
No photo description available.
फिल्म ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् । यो गीतलाई यूट्युबमा ४० लाखभन्दा बढीको नजर परिसकेको छ । फिल्ममा उनको अभिनय पनि रहेको निर्माण टिमले बताएको छ । नेपाल सबैभन्दा मनपर्ने देश बताउने उनले पहिलो पटक नेपाली फिल्ममा काम गरेकी हुन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित छिन् ।
अभिनेत्री सन्नीले ‘पासवर्ड’ को गीतमा नृत्य गर्न नेपाली तीन करोड पारिश्रमिक बुझेको चर्चा छ । यस गीतको छायांकनका लागि उनी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन् । गीत यूट्युबमा सार्वजनिक भएपछि उनले ट्वीटरमार्फत् नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको बताए

Leave a Reply

%d bloggers like this: