फिल्म पासवर्डको बुकिङ खुल्यो, सन्नि लियोनका माझ प्रिमियर पनि

मनोरंजनसंसार डटकम | २६ भाद्र २०७६, बिहीबार १९:१२

बलिउड हट नायिका सन्नि लियोनको अभिनय रहेको नेपाली फिल्म “पासवर्ड”को बुकिङ खलेको छ । अाज प्रिमियर भएसँगै यो फिल्मको बुकिङ खुला गरिएको हो ।

फिल्म भोली अर्थात भाद्र २७ गतेबाट प्रदर्शनमा अाउन लागेको फिल्मको बलिउड नायिका सन्निका साथमा प्रिमियर समेत गरिएको छ ।

फिल्म ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् । यो गीतलाई यूट्युबमा ४० लाखभन्दा बढीको नजर परिसकेको छ । फिल्ममा उनको अभिनय पनि रहेको निर्माण टिमले बताएको छ । नेपाल सबैभन्दा मनपर्ने देश बताउने उनले पहिलो पटक नेपाली फिल्ममा काम गरेकी हुन् । उनी यो फिल्मलाई लिएर निकै उत्साहित छिन् ।

अभिनेत्री सन्नीले ‘पासवर्ड’ को गीतमा नृत्य गर्न नेपाली तीन करोड पारिश्रमिक बुझेको चर्चा छ । यस गीतको छायांकनका लागि उनी डान्स कोरियोग्राफर विष्णु देवालाई साथमा दिएर भारतबाट लण्डन पुगेकी थिइन् । गीत यूट्युबमा सार्वजनिक भएपछि उनले ट्वीटरमार्फत् नेपाली फिल्मको हिस्सा बन्न पाएकोमा गर्व महशुस भएको बताएकी थिइन् ।

Facebook Comments
Copyright © 2017 manoranjansansar Media Group Pvt. Ltd. Powered by: thakuricreation