Fri. Apr 19th, 2024

फिल्म “रातो टिका निधारमा” को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्माको साथै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायतका कलाकारलाई फिर्चड गरिएको छ । दशैँ लक्षित फिल्मको पोस्टरमा फिल्मका कलाकारहरुलाई रातो टिका र जमरामा सजिएको देख्न सकिन्छ । जसले दशैको परिवेश प्रस्तुत गर्दछ । पोस्टरमा साम्राज्ञी र अंकितलाई रोमन्टिक बन्दै देख्न सकिन्छ । फिल्म युनिटले फिल्मको पहिलो गीत ‘मेरो माया के हो’ र ट्रेलर सार्वजनिक गरिसकेका छन् । गीत र ट्रेलरले युट्युबमा दर्शकको राम्रो साथ पाईरहेको छ ।

यहि शुक्रबार फिल्मको शिर्ष गीत सार्वजनिक गरिदै छ । फिल्म ‘अल्लारे’को सुपरहिट गीत ‘रातो टिका निधारमा’लाई रिमेक भर्सनमा ढालिएको छ । शम्भुजित बाँस्कोटाको संगीत रहेको उक्त गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले कम्मर मर्काएका थिए । भने रिमेक भर्सनमा साम्राज्ञी र अंकितले कम्मर मर्काएका छन् । गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । फिल्म ‘अल्लारे’को गीतमा मेश पाण्डे र रमना श्रेष्ठको स्वर र सहदेव ढुंगानाको शब्द रहेको थियो भने रिमेक भर्सनमा प्रमोद खरेल र मेलिना राईको स्वर रहने छ ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: