Thu. Apr 25th, 2024

आगामी कात्तिक ८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘पोइ पर्यो काले’को नयाँ गीत सार्वजजनिक भएको छ । नृपेश उप्रेतीको शब्द तथा अर्जुन पोखरेलको संगीत÷एरेञ्जमा गीतलाई रामचन्द्र काफ्ले र अञ्जु पन्तले स्वरबद्ध गरेका छन् ।
गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । भिडियोमा अभिनेता सौगात मल्ल, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ लगाएत फिचर्ड छन् ।
शिशिर राणाको निर्देशनमा बनेको ‘पोई प¥यो काले’लाई राजीव गुरुङ (दीपक मनाङ्गे) र सरोज नेपालीले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्माताको रुपमा अमलादेवी राई रहेकी छन् । फिल्मको कथा पनि निर्देशक राणाकै रहेको छ ।
फिल्ममा सौगात, पुजा, आकाश, श्रृष्टी, सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगाएत मुख्य भूमिकामा छन् ।
फिल्ममा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ, भने शिब ढकालको सिनेमाटोग्राफी रहेको छ । फिल्मलाई तारा थापाले सम्पादन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: