Fri. Apr 19th, 2024

काफिया फिल्मस् प्रा.लि.ले जबरजस्ति शक्तिको प्रयोग गर्दै व्यक्तिको स्वतन्त्रतामा आँच आउने जस्ता कार्यहरूको निन्दा गरेको छ । नेपाली फिल्मका निर्माता, वितरक तथा काफिया फिल्मस्का संस्थापक गोविन्द शाहीलाई “लिलिबिलि“को विषयमा नियतबस चरित्रहत्या गर्ने नियतले पक्राउ गरी हिरासतमा राखिएको सम्बन्धि विषयमा प्रेस विज्ञप्ति जारी गर्दै काफिया फिल्मस्ले यस्तो बताएको हो ।
निर्माता गोविन्द शाही विरूद्ध फिल्म लिलिबिलीको आर्थिक हिसाबकिताब हिनामिना गरेको भन्दै निर्देशक मिलन चाम्स र सुदिप खड्काले उजुरी दिएका थिए । सोही अनुसार निर्माता शाहीलाई प्रहरीले भदौ ५ गते कमलपोखरीबाट पक्राउ गरी हिरासतमा राखेको थियो । विज्ञप्तिमा यसरी पक्राउ गर्नुलाई गैर कानुनीको संज्ञा दिँदै भनिएको छ, “सुदिप खड्का र मिलन चाम्सले पद शक्ति र सम्बन्धको आड लिएर कानुनको दुरूपयोग गरी प्रहरी प्रशासन लगाई मिति २०७६/५/६ गतेका दिन दिउसको समयमा कमलपोखरीबाट काफिया फिल्मस्का सञ्चालक गोविन्द शाहीलाई गैरकानुनी रूपमा पक्रन लगाइ हिरासतमा लिने कार्य भयो । उक्त कार्य कानुनी राज्यको विपरीत मात्र नभई  व्यक्तिहरूको पद र शक्तिको बदनियतपूर्वक दुरूपयोग गर्न उद्यत भएको अवस्थामा जनताको संवैधानिक हक, सव्तन्त्रता कसरी निमेषभरमा कुण्ठित हुँदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण बन्न पुग्यो । “

निर्माता गोविन्द शाहीद्वारा जारी विज्ञप्तिमा बाह्य चलचित्रले नेपाली बजारमा हाबी जमाएको अवस्थामा सबै एकजुट भएर लाग्नु पर्ने अवस्थामा घर परिवारमा नै शंका गर्ने प्रणालीले ठुलो नोक्सानी हुने समेत बताइएको छ  ।
भदौ ५ गते पक्राउ परेका शाही सर्वोच्च अदालतको आदेशअनुसार १५ दिने लामो हिरासतपछि १८ गते नै रिहा भइसकेका छन् । शाहीले १८ गते नै फेसबुक लेखेका छन्, “‘योजनावद्ध र नियतवस मेरो विरुद्ध जाहेरी दिइ मलाई लगातार १४ दिनसम्मको प्रहरी हिरासतमा राखिएको विषयलाई सम्मानित सर्वोच्च अदालतबाट आजैको मितिमा जारी भएको रीटबाट म हिरासत मुक्त भएको छु र मेरो विरुद्धका सबै मुद्दा खारेजी भएको छ ।’

Leave a Reply

%d bloggers like this: