Fri. Apr 26th, 2024

फिल्म ‘शिवा–दि लिडर’ को ट्रेलर सार्वजनीक भएको छ । अभिनेता ज्याक श्रेष्ठ (राजु) ले निर्माण गरेको फिल्मको मंगलबार राजधानीमा प्रेसमिट गर्दै फस्र्टलुक पोस्टरसँगै ट्रेलर सार्वजनिक गरिएको हो । मंसिर २७ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा एक्शन,लभ, कमेडी तथा सेन्टिमेन्टस्को समिश्रण पाइन्छ ।
हिमश्री फिल्मस्को ब्यानरमा सुकराज बिक र मदन खत्री निर्माता तथा सुनीता तामाङ र सुदर्शन बस्नेत कार्यकारी निर्माता छन् । रामकाजी घिमीरेको लेखन र निर्देशन रहेको फिल्मका गीतमा बसन्त सापकोटाको संगीत, कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र राजु ढुंगानाको सम्पादन छ । श्रीराम बालाजी फिल्मस्ले बितरण गर्ने फिल्ममा किशोर खतिवडा शीर्ष भूमिकामा छन् भने उनलाई साथ दिने संचिता लुईटेल पत्रकारको भूमिकामा प्रस्तुत भएकी छिन् । किशोर र संचिताका साथमा ‘शिवा’ मा पूर्णिमा लामा, ध्रुव कोइराला,ज्याक श्रेष्ठ, देव श्रेष्ठ, सपना श्रेष्ठ, होम दवाडी, शम्भु गहतराज, निश्चल दाहाललगायतका कलाकारको अभिनय छ ।
 

 

merofilm.com

Leave a Reply

%d bloggers like this: