Thu. Mar 28th, 2024

रत्ननगर कलामन्दिरको प्रस्तुतीमा ‘स्कुल आइडल २०१९’ सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र निर्माता-निर्देशक तथा समाजसेवी महा निर्णायक दीपक खाँडको उपस्थितीमा सम्पन्न कार्यक्रमको फाइनलमा २४ जना विद्यार्थीहरु पुगेका थिए ।
कार्यक्रमको सूरुवातमा निर्माता-निर्देशक तथा समाजसेवी खाँडलाई कार्यकममा उपस्थित दर्शक, अभिभावक, आयोजक एवं अतिथिहरुले सम्मान गरेका थिए । खाँड कार्यक्रमकाे महा निर्णायककाे रूपमा रहेका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथीका रुपमा निर्देश सेडाइ रहेका थिए भने कार्यक्रम संयोजक दीपक सिङ एवं जजमा शिव बि क, सुनिल रिमाल, धनु थापा मगर, सलिना श्रेष्ठ, र दीपक खड्का रहेका थिए । कार्यक्रमको शभापतिका रुपमा राम रिमाल रेहेका थिए ।
‘टप टेन’बाट छनौट हुँदै समर्पण घिमिरेले ‘स्कुल आइडल २०१९’ जिते । त्यस्तै अमिसा गुरुङ दोस्रो र तेस्रो स्मिता बरुवाल तेस्रो स्थान हात पार्न सफल भएका थिए ।
प्रथम स्थान पाएका समर्पण घिमिरे ५० हजार नगद पुरस्कार सहित पुरस्कृत भएका थिए भने पहिलो दोस्रो र तेस्रो हुने विध्यार्थीहरुलाई निर्णायक खाँड र प्रमुख अतिथिले पुरस्कार दिएका थिए ।
राजन लामाले संचालन गरेको कार्यक्रममा समाज सेवि, चलचित्र निर्माता-निर्देशक एवं सामुदयिक प्रहरीका सल्लाहकार दीपक खाँडलाई आयोजकले ‘grand judge’ को उपाधि दिँदै सम्मान समेत गरेका थिए । करिब ३ हजार भन्दाबढि सहभागि रहेको कार्यक्रम भव्य रुपले सम्पन्न भएको आयोजले जनाएको छ ।
 

news24

Leave a Reply

%d bloggers like this: