Wed. Apr 24th, 2024

फिल्म ‘रातो टिका निधारमा’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार अंकित शर्मा विदेश पठाउने मेनपावरको एजेन्टको रुपमा देखिएका छन् । फिल्मले गाउँको कथा बोलेको अनुमान गर्न सकिन्छ । फिल्म यहि असोज १० अर्थात घटस्थापनाको २ दिन अगाडीबाट प्रदर्शनमा आउने भएको हो ।
अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा डेब्यु नायक अंकित उनकै छोरा हुन् । फिल्म किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्म मित्र देव गुरुङले सम्पादन गरेका हुन् । फिल्ममा साम्राज्ञी र अंकित संगै नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ लगायतको अभिनय छ ।
 

 

merofilm.com

Leave a Reply

%d bloggers like this: