Fri. Mar 29th, 2024

फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलक फिल्म ‘म यस्तो गीत गाउँछु २’ को छायाकंन शुरु गरिएको छ । निर्माण टिमले बुढानिलकण्ठस्थित मिराकी रिशोर्टबाट छायाकंन सुरु गरेको हो । ४० दिने सेड्युल लिएर फ्लोरमा निस्केको फिल्मको १० दिन काठमाडौमा छायाकंन हुने र बाँकी इलाममा छायाकंन हुने निर्माण युनिटले जनाएको छ ।
रोमान्टिक लभ स्टोरी फिल्मलाई सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्देशक सुदर्शन थापाले निर्देशन गर्नेछन् । शिवराम श्रेष्ठको छायाकंन रहने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । फिल्ममा मूख्य कलाकारको रुपमा पूजा शर्मा र पल शाह रहेका छन् भने आगामी फागुन २३ गतेलाई प्रदर्शनको मिति तय गरिएको छ ।
‘म यस्तो गीत गाउँछु’ फिल्म रजतपटमा सफल भएको थियो भने यसको सिक्वेल फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि सफल हुने अनुमान गरिएको छ । म यस्तो गीत गाउँछुमा पल र पूजाको जोडी रुचाइएको थियो । दुई वर्ष अघि नै निर्माण घोषणा गरिए पनि नायक पल शाह र निर्देशक सुदर्शन थापा सम्बन्ध विग्रिएपछि फिलम बन्न नसकेको चर्चा लामो समयदेखि फिल्मवृतमा चल्दै आएको थियो ।
पल अभिनित फिल्म ‘ह्दयभरी’ यसै वर्ष प्रदर्शनमा आउने छ भने पूजा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘पोइ पर्‍यो काले’ पनि यसै वर्ष प्रदर्शनमा आउने छन् ।

filmyfanda.com

Leave a Reply

%d bloggers like this: