Thu. Mar 28th, 2024

जेसिसको प्रस्तुति राईटपाथ ‘मिस टिन नेपाल २०१९’को ताज सिन्डी बज्राचार्यले जित्न सफल भएकी छिन् । शुक्रबार प्रज्ञाभवनमा आयोजित फाइनल प्रतियोगितामा २१ प्रतिष्पर्धीलाई उछिन्दै सिन्डीले २०१९ को मिस टिन नेपालको उपाधि हासिल गरेकी हुन् ।
उनले अल्टर क्रियशन मिस ईन्टेलिजेन्टको उपाधि पनि पाइन् । प्रतियोगिताको फस्ट रनरअप भइन् सबिना कार्की । भने, सेकेण्ड रनरअप धरानकी प्रज्ञा भण्डारी भइन् । उनले एफएनएस मिस पर्सनालिटीको उपाधि समेत पाइन् ।
कार्यक्रमका प्रमुख निर्णायक काठमाडौं जेसिसका पुर्वअध्यक्ष ईन्द्ररत्न बज्राचार्यले ‘एक जना व्यक्तिको योगदान समाजको लागि कत्तिको महत्व हुन्छ ?’ भन्ने प्रश्नको उत्कृष्ट उत्तर दिँदै सिन्डीले मिस टिन नेपाल २०१९ को ताज पहिरिन सफल भएकी हुन् । उनले व्यक्ति व्यक्तिको कार्यबाट समाज निर्माणमा योगदान हुने भन्दै आफ्नो बाबु र आमाको उदाहरण दिएकी थिईन ।
प्रतियोगितामा फाइनल राउण्डका प्रतिष्पर्धीहरुलाई ब्यक्तिगत विधा तर्फपनि पुरस्कृत गरिएको थियो । प्रतियोगिताको पिसफुल फाउनडेसन मिस ट्यालेन्ट शुशिला तामाङ, डिजीपेन मिस पपुलर र नयाँ पत्रिका अडीसन च्वाइस अनु बस्नेत हुँदा प्रतिमा श्रेष्ठले डोर होटेल मिस डिसीपिलिनको अवार्ड पाइन् । यसैगरी दि उईडिंग मिस फोटोजेनिक अभिलाषा खड्का, मिस ब्युटिफुल स्किन महिमा चन्द भइन् । उनीहरुलाई काठमाडौँ जेसीसका अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामो उत्कृष्ठ ५ पछि विजेता घोषणा गरिएको थियो । उत्कृष्ठ ५ मा पर्नेहरुमा प्रज्ञा भण्डारी, खुश्बु आङदेम्बे, सिन्डी बज्राचार्य, सबिना कार्की, र प्रतिमा श्रेष्ठ रहेका थिए ।
मिस टिन नेपाल २०१९ का लागि निर्णायकहरुमा प्रमुखनिर्णायक काठमाडौँ जेसिसका पुर्वअध्यक्ष इन्द्ररत्न बज्राचार्य, कलाकार कृष्ण मल्ल, मिस नेपाल २०१५ ईभाना मानन्धर, नयाँ पत्रिकाका सहायक बजार प्रबन्धक आदित्य ठाकुर, राईट पाथ करियर काउन्सेलिङका सिइओ फिलिप डिसी, चर्चित मोडल तथा कलाकार प्रशान्त ताम्राकार रहेका थिए ।
कार्यक्रमको मुख्य प्रायोजक राईटपाथ करियर काउन्सेलिङ रहेको थियो भने नयाँ पत्रिकाले अनुबन्ध गरेको थियो । त्यस्तै सह प्रायोजकहरुमा मितभना, अल्टर क्रियशन, रोयल पाल्म रिसोर्ट, दामी र एसिसिए रहेका थिए । प्रतियोगिताको डान्स कोरियोग्राफरमा तेन्जु योंचुंग रहेका थिए, भने अफिसियल कोर्डियोग्राफ कुन्सान मोक्तानले गरेका थिए ।
सन् २००२ देखि प्रत्येक बर्ष आयोजना हुँदै आएको मिस टिन नेपाल २०१९ १९ औ शृंखला हो । १६ बर्ष देखि १९ बर्ष सम्मका युवतीहरुको लागि अन्तराष्ट्रिय स्तरको मिस टिन नेपाल मिस नेपाल पछिकै ठुलो सुन्दरी प्रतियोगिता भएको बताइएको छ ।
 

news24

Leave a Reply

%d bloggers like this: