Sat. Apr 27th, 2024

सुपरस्टार सलमान खानको आगामी फिल्म ‘दबंग–३’को रिलिज डेट फाइनल भएको छ । सलमान र सोनाक्षी सिन्हाको मुख्य भूमिका रहने यो फिल्म क्रिसमसको अवसरमा २० डिसेम्बरबाट दर्शकमाझ रिलिजमा आउने भएको छ । बुधबार (आज) ट्वीट गर्दै अभिनेता खानले ‘दबंग–३’लाई २० डिसेम्बरबाट दर्शकमाझ रिलिज गरिने जानकारी गराएका हुन् ।
अभिनेता खानका अनुसार यो फिल्मलाई चार भाषामा रिलिज गरिनेछ । यो फिल्मलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन्, भने अरबाज खान प्रोडक्शन हाउसले निर्माण गर्दैछ । यो फिल्म २०१२ मा रिलिज भएको फिल्म ‘दबंग’को तेस्रो सिरिज हो । अभिनेता खानले घोषणा गरे अनुसार यो फिल्मलाई हिन्दी, तेलेगु, तमिल र कन्नड भाषामा रिलिज गरिनेछ ।
अभिनेता खानले बुधबार बिहान निर्देशक प्रभुदेवासँगको तस्वीर सेयर गर्दै क्याप्शनमा लेखेका छन्– ‘चुलबुल पांडेलाई २० डिसेम्बरबाट हिन्दी, तमिल, तेलेगु र कन्नड भाषामा तपाई सामू आउँदैछ ।’
यो फिल्ममा सलमान खान र अभिनेत्री सोनाक्षी सिन्हा पुनः एकसाथ देखिदैछन् । साथै अरबाज खान, माही गिल, पंकल त्रिपाठी, महेश माझरेकर लगाएत पनि मुख्य भूमिकामा रहनेछन् ।

Leave a Reply

%d bloggers like this: