Fri. Apr 26th, 2024

४ भाद्र, काठमाडाैँ – बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनको सहभागिता रहेको नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर शो मा सहभागी हुन सन्नि लियोन नेपाल आउने पक्का भएको छ । नेपाली दर्शक र शुभचिन्तकहरुलाई एक भिडियो सन्देश मार्फत सन्निले सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रिमियरमा आफु सहभागी हुने उल्लेख गरेकी छिन् ।

भिडियोमा उनले फिल्मको प्रोमोशनल इभेन्ट एण्ड प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको बताएकी छिन् । प्राप्त भिडियोको अन्तिममा उनले फिल्मको सफलताको लागी निर्माण ब्यानर एबी इन्टरनेशनललाई शुभकामना ब्यक्त गरेकी छिन् । यो फिल्म सार्वजनिक रुपमा भने सेप्टेम्बर १३ तारिख अर्थात भदौ २७ मा प्रदर्शनमा आउनेछ । रिलिजको तीन दिन पहिले हुने प्रिमियरमा सहभागीसँगै तीन दिनसम्म सन्नि नेपाल बस्ने कार्यक्रम रहेको छ । जुन समयमा उनले फिल्मको प्रचार प्रसारमा पनि सघाउनेछिन् ।

सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्ममा सन्निको आइटम नृत्यसँगै अभिनय समेत रहेको दाबी निर्माण टिमको छ । एक्सन थ्रिलर जनराको फिल्ममा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् । सौरभ लामाको छायाँकन रहेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मको सम्पुर्ण जस्तो छायाँकन लण्डनमा गरिएको छ ।

 

filmynepal.com

Leave a Reply

%d bloggers like this: