Thu. Mar 28th, 2024

फिल्म ‘बादशाह जुट’को अफिसियल पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । एक्सन जनराको सिनेमा कार्तिक १ गते रिलिज हुनेछ ।

गत सालको पुष १३ गते रिलिज हुने भनिएको सिनेमा बिभिन्न कारणबस स्थगित भएको थियो । झन्डै १० महिनाको पर्खाइ पश्चात निर्माण टिमले नयाँ रिलिज चुनेको हो ।

निर्देशक राणाकै कथा रहेको सिनेमामा रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपालको पनि अभिनय छ । प्रियंका कार्की फिचरिङ गीत निर्माण पक्षले गत साल नै रिलिज गरिसकेको छ ।

अभिषेक शशि कुमार लेखेको सिनेमामा कृष्ण भारद्वाज/कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको छायाँकन, राजु कार्कीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ ।

एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको सिनेमामा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् ।

 

thecinematimes.com

Leave a Reply

%d bloggers like this: