Thu. Apr 25th, 2024

थारु म्युजिक भिडियो ‘हमार जोडि हिट’ २ लाखको लागतमा तयार भएको छ ।’ हमार जोडि हिट’ बोलको थारु म्युजिक भिडियो सोमवार सार्वजनिक गर्दै कलाकार नरेश चौधरी (देवदास)ले २ लाखको लागतमा सार्वजनिक गर्न सफल भएको दावी गरेका छन्।
चर्चित थारु मोडल नरेश चौधरी (देवदास) र करिश्मा सिंह ठकुरीको सोमवार ‘हमार जोडि हिट’ बोलको गीत सार्वजनिक भएको हो । पछिल्लो समयमा थारु म्युजिक भिडियोमा पनि ठूलो लगानी र क्वालिटिका म्युजिक भिडियो तयार भैरहेको यो ‘हमार जोडि हिट’ पहिलो गीत भएको कलाकार नरेश चौधरीले बताए । २ लाख बढी लागतमा निर्माण भएको यो थारु भाषाको गीत पहिलो पटक भएको उनले दावी गरे ।
गीतमा मेकअप, पहिरन, लाईट, स्थानमा बढी खर्च लागेको कलाकार देवदासले बताएका छन् । राप्ती सोनारी गाउँपालिकामा बसोवास गर्दै आएको अहिलेका मनमनमा बस्न सफल सवैका ढुकढुकी तथा चकलेटी हिरो भनेर चिनिने देवदास एकपछि अर्का सफल म्युजिक भिडियो निकाल्न सफल भएका छन् ।
‘मिनिस्कटवाली छैली पलतके हेरो’, ‘बोलो न बोलो बताउ न बताउ’, ‘छम्मक छम्मक’, ‘फुलकुमारी’, लगायतका चर्चित चर्चित भिडियो हुन् । थारु म्युजिक भिडियो मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल देवदासले पहिलो पटक २ लाखको लागतमा हमार जोडी हिट बोलको गीत छायाङकन गरेको दावी गरे । आरकेसी डिजिटल स्टुडियो कोहलपुर पिपरीको युट्युव च्यानलबाट सार्वजनिक भएको हमार जोडी हिट बोलको गीत नेपालगन्जको कलपतरु हेटलमा छायाङकन गरिएको सुटिङ युनिटले जानकारी गराएको छ ।
‘हमार जोडी हिट’ बोलको गितमा गायक गणेश चौधरी र गायीका सोनी कुश्मीले स्वर दिएका छन । डाइरेक्सन सुरज कुसुम्याको रहेको छ भने क्यामरा तथा मिक्सिङ रामु चौधरीले गरेका छन् ।
 
 

news24.tv

Leave a Reply

%d bloggers like this: