Sat. Apr 20th, 2024

एक समय नेपाली फिल्ममा राम्रो स्थान बनाएका चकलेटी अभिनेता सुमन सिंहलाई मातृ शोक परेको छ । ६९ वर्षिय सिंहकी आमा विन्दुको सोमबार बिहान साढे ११ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोक बिरामी रहेकी उनकी आमा झन्डै दुई महिनादेखि ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ थिइन् ।
सुमनकी आमालाई अन्तिम श्रद्धाञ्जलीका लागि २ बजे पशुपति आर्यघाटमा राखिँदैछ । साँझ ५ गते उनको हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिने बताइएको छ । निधन भएको औपचारिक जानकारी प्राप्त भएसँगै अहिले सामाजिक सञ्जालमा अभिनेता सिंहकी आमाप्रति फिल्मकर्मीले श्रद्धाञ्जली तथा परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

filmykhabar.com

मनोरञ्जनसंसार परिवार अभिनेता सुमन सिंहकी माता प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ ।

Leave a Reply

%d bloggers like this: