Thu. Apr 25th, 2024

२८ साउन, काठमाडाैँ – फिल्म “कबड्डी कबड्डी कबड्डी”को टाइटल गीत सार्वजनिक भएको छ । फिल्म युनिटले युट्युबबाट फिल्मको उक्त गीत सार्वजनिक गरेको हो । काली प्रसाद बासकोटा र अनुपम शर्माको स्वर तथा शब्द रहेको उक्त गीतमा सनी सुनमको संगीत रहेको छ । उक्त गीतका निर्देशक विजु कर्माचार्य हुन् भने गीतको कन्सेप्ट काली प्रसादको नै हो ।

उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, विजय बराल साथै काली प्रसाद बासकोटा ,अनुपम शर्मा लगायतलाई फिर्चड गरिएको छ । काली प्रसाद बासकोटा र अनुपम शर्मालाई फरक शैलीमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई एक अर्कालाई कबड्डी खेल्नका लागी जोर दिँदै देख्न सकिन्छ । यस अघि फिल्म युनिटले फिल्मको टिजर र गीत सार्वजनिक गरिसकेका छन् । टिजर र गीतले युट्युबमा दर्शकको राम्रो साथ पाईरहेको छ ।

 

filmyfanda.com

Leave a Reply

%d bloggers like this: