Wed. Apr 24th, 2024

बलिउड चलचित्र ‘कबीर सिंह’ ले आफ्नो रिलिजको दोस्रो हप्तामा पनि बक्सअफिसमा आफ्नो व्यापार कायम राखेको छ । सुपरस्टार शाहिद कपूर र नायिका कियारा आडवाणी अभिनित ‘कबीर सिंह’ तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक फिल्मले २ हप्तामै २ सय करोडको व्यापार गरेको हो ।
यो फिल्मले प्रदर्शनको पहिलो हप्तामै भारतभित्रै मात्र घ १ सय ३४ करोड ४२ लाखको व्यापार गरेको थियो । दोस्रो हप्तामा आएर २ सय करोडको आँकडा पार गरेको हो । दोस्रो हप्ताको छैटौं दिनसम्ममा २ सय ६ करोड ४८ लाखको व्यापार गरेको छ । शाहिद कपुरको करियरमै पहिलो फिल्मले बक्सअफिसमै २ सय करोडको व्यापार गरेको हो ।
‘कबीर सिंह’ सबैभन्दा धेरै कमाउने र सन २०१९ को सबैभन्दा छोटो समयमा २ सय करोड कमाउने फिल्म बनेको छ । यो फिल्म २१ जूनमा रिलिज भएको थियो ।

Leave a Reply

%d bloggers like this: