Thu. Apr 25th, 2024

काठमाडाैँ – गत शुक्रबार मात्रै प्रदर्शनको छैठाैँ सप्ताह मनाएको सुपरहिट जोडि प्रदिप र जसिताको फिल्म “लभ स्टेशन” टोकियो विशेष प्रदर्शन हुने भएको छ । यो फिल्म अागामी जुन २३ तारिखमा टोकियोमा प्रदर्शन हुने भएको हो ।

संयुक्त एकता अपाङ्ग अावाज केन्द्र सहयोगार्थ यो फिल्म जापानको राजधानी टोकियो स्पेशल प्रदर्शन हुनेछ । नमस्ते टोकियो टिभिको प्रस्तुतिमा जुन २३ मा यो फिल्म प्रदर्शन हुँदैछ ।

टोकियो स्थित नाकानो जेरो हलमा यो फिल्म साझ ६ बजेबाट यो फिल्म प्रदर्शन हुने तय भएको छ । फिल्मको टिकटका लागि रमेश शाही ०८०५६४३९८४१, अनिल थापा राम ०८०१२०८०८००, रोशन कार्की ०८०७०९०९११३, शिवराज भट्टराइ ०८०३७१३६२७२ तथा प्रेम बलाम्पकी ०७०२१७५६५३७ मा सम्पर्क गरी सहयोग प्राप्त गर्न सकिनेछ ।

प्रदर्शन हुनु भन्दा अगावै अस्ट्रेलिया प्रदर्शन तय भएको यो फिल्म हङकङमा समेत प्रदर्शन हुने निश्चित भइसकेको छ ।

Leave a Reply

%d bloggers like this: