Thu. Mar 28th, 2024

हलिउडको सुपरहिट फ्रेन्चाइजी एभेन्जर्सको अर्को सिरिज ‘एभेन्जर्सः एण्ड गेम’ २६ अप्रिलमा प्रदर्शित हुने तयारीमा छ ।
नेपालमा यसको प्रि–बुकिङ खोलिएको छैन । एभेन्जर्सका पारखी टिकटको बुकिङ गर्न कुरेर बसिरहेका छन् । तर भारतमा भने आइतबार राती १२ बजेदेखि बुकिङ खुल्ला गरिएको थियो । बुकिङ खुल्ला गरेको केही समयभित्रै सबै टिकट ‘सोल्ड आउट’ भयो ।
टिकट लाइभ गरेको केही समयपछि नै अत्यधिक मागका कारण टिकट बुक गर्ने साइट बुक माय शो र पेटिम क्र्याश भएको भारतीय मिडियाले बताएका छन् । फिल्म रिलिज हुनु ६ दिनअघि नै भारतमा टिकट बुक गर्न लगभग असम्भव झैं भएको थियो । बुक माय शोमा १० लाख बढीले आफूलाई फिल्म हेर्न इच्छुकको सूचीमा सुचिकृत गरेका थिए ।
एभेन्जर्सका प्रशंसकले टिकटको प्रि–बुकिङपछिको उत्सुकता र निराशा ट्वीटरमा पोखेका छन् । नेपालमा यसको वितरणका लागि धेरै वितरकले उत्सुकता देखाए पनि एभेन्जर्सले भने गोपी कृष्णलार्इ पत्याएको छ ।

Leave a Reply

%d bloggers like this: