Sat. Apr 20th, 2024

काठमाडाैं ।
बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ को अहिले निकै तारिफ भइरहेको छ । २९ जूनमा रिलिज भएको यो फिल्मले अहिलेसम्म २ सय ३० करोडभन्दा बढीको कलेक्सन गर्न सफल भइसकेको छ ।
आफ्नो कहानीलाई ठूलो पर्दामा उतार्न अनुमती दिनका लागि सञ्जयले पनि करोडौं रुपैयाँ बुझेका छन् । एक अखबारको खबर अनुसार, सञ्जयले यो फिल्मका लागि ९-१० करोड रुपैयाँ र फिल्मको प्रोफिटको केही हिस्सा लिएका छन् ।
सञ्जयको बायोपिकको बारेमा फिल्मको डाइरेक्टर राजकुमार हिरानीले एक मिडियासँगको अन्तर्वार्तामा भने, ‘हामी राम्रो कहानीको खोजीमा रहन्छौं । राम्रो कन्टेन्टको स्वार्थमा हामी यो कहानीसम्म पुग्यौं ।’
‘सञ्जू’मा रणबीर कपूर, संजय दत्तको भूमिकामा छन् । उनीसँगै परेश रावल, विक्की कौशल, जिम सरभ, मनीषा कोइराला, दिया मिर्जा, अनुष्का शर्मा र सोनम कपूर पनि छन् । फिल्ममा रणबीर र विक्कीको अभिनयको चौतर्फी तारिफ भइरहेको छ ।
विक्की फिल्ममा सञ्जय दत्तको साथी परेश घिलानीको रोलमा छन् । यस्तै, परेश रावलले सुनील दत्तको, मनीषा कोइरालाले नरगिसको र दिया मिर्जाले मान्यता दत्तको भूमिका निर्वाहा गरेका छन् ।

फिल्मीखबर

Leave a Reply

%d bloggers like this: