Fri. Apr 19th, 2024

होटल अन्नपूर्णमा आयोजना भएको सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकको पोल्टामा गएको छ । यो बर्षको ‘मिस नेपाल’मा उनले अन्य १८  जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।पछिल्लो समय लोकप्रियता घट्दै गएको ‘मिस नेपाल’को ताजलाई बर्षभरी आफ्ना कामका माध्यमबाट चर्चामा राख्नु नीकिताको मुख्य चुनौती देखिएको छ । चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् । यस्तै, यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठको पोल्टामा गयो भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितिन् । ‘मिस नेपाल’को अडिसन सकिएर अन्तिम प्रतिस्पर्धीको नाम चर्चामा रहेसँगै धेरैले नीति शाहले टाइलट जित्ने अनुमान गरिरहेका थिए ।द हिडेन ट्रेजरले यो चर्चित सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको छ । तर, पछिल्ला बर्षमा यो सौन्दर्य प्रतियोगीताको चर्चा निकै कमजोर बनिरहेको छ ।

Leave a Reply

%d bloggers like this: