Fri. Mar 29th, 2024

आउन त जहाज नै चढी आए बाबा !
नरुनु बाकसमा सडी आए बाबा !!
न खाइ न लाइ जन्माएर हुर्कायौ !
कहील्यै नउठ्ने गरी लडेर आए बाबा !!
सपना र चाहाना सब खरानी भयो !
बाकस भित्र गुम्सिएर नेपाल आए बाबा !!
आउन त जहाज नै चढीआए बाबा !
नरुनु बाकसमा सडी आए बाबा !!
माथि उल्लेखित हरफले छर्लंग पार्छ  नेपाली दाजु भाइको बिदेशी घटना कति अप्रिय हुदो रहेछ l प्रतेक दिन त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल बाट काठ का ६ फिटे बाकस भित्र पारशल गरेर आउने ति मान्छे हुन् या कुनै सामान ? ल्याउदा कति समय लाग्छ प्रक्रिया के हो ? पिडित परिवारको सदस्य बाहेक अरुलाई बिरलै अवगत होला l यहि बिषयमा निर्माण भएको छ लघु चलचित्र सामान l
लघु चलचित्र “सामान” को बिषय -बस्तुको सरोकार समस्त देश – विदेशमा रहेका नेपालीहरु हून ! तेती मात्र होइन यो विश्वकै एक दमित आवाज हो जसलाई संयुक्त रास्ट्र संघ जस्ता मानव अधिकारबादी संगठनहरुले सम्बोधन गर्न बाँकी छ !
लघु चलचित्र “सामान”को पोस्ट प्रोडक्सन काम सकिएर अब प्रदर्शनको तयारीमा छ l बिगत ३० बर्ष देखि रंगमनचमा सक्रिय नाट्य संस्था रंगसारथीको प्रस्तुतिमा निर्माण भएको उक्त चलचित्रलाई नाट्य निर्देशक विजय बिष्फोटले निर्देशन गरेका छन् भने कथा पनि स्वयम् बिष्फोट कै रहेको छ l चलचित्र “सामान “मानव अधिकारको बिषयलाइ लिएर निर्माण भएको छ l लघु चलचित्र ” सामान ” मा कलाकार यस.बि. शाही,ज्योति राइ ,सरिता शाह ,शंकर मैनाली ,रोहानी लामा ,दिलिप खडका , राज भट्टराई ,सरस्वती अधिकारि,कृष्ण शर्मा ,नरेश भुर्तेल आदिले अभिनय गरेका छन् l अभिनित सबै कलाकार थियटर पृष्ठभूमिकै रहेका छन् l चलचित्र “सामान” कमर्सियल मुभी नभएर आर्ट मुभी रहेको छ भने उक्त चलचित्र लग भग १ बर्षको खोज अनुसन्धान पश्चात निर्माण गरिएको हो l

Leave a Reply

%d bloggers like this: