Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
नेपाली बजारमा अहिले नेपाली चलचित्र आउने क्रम निकै बढ्दो छ | यसै बीच नया निर्माता आउने क्रम पनि निकै नै तिब्र रहेको छ | यसै बीच अहिले आफ्नो पहिलो चलचित्र “रिलेशन” लिएर नेपाली चलचित्रमा पहिलो पाईला टेक्दै छन् निर्माता दिवाकर महर्जन | उनि पेशाले तेक्वोंदो खेलका मास्टर डन हुन् | उनि लगभग २२ बर्ष अगाडी देखि अमेरिकाको बासिन्दा हुन् | उनि अमेरिकामा बसोबास गरेता पनि उनले आफ्नो सारा जीवन नेपाली खेलमा समर्पित गरे | उनि अमेरिकामा पनि नेपाललाई चिनाउने काम गर्दैछन् | उनि नेपाली सामाजिक परिवेश र बिदेशी भूमिको रहनसहनलाइ नजिकबाट नियालेका व्यक्ति हुन् | उनले भने ” हामी जहाँ भएपनि आफ्नो तर्फबाट समाज परिवर्तन र देश विकासको निमित्त योगदान दिन जरूरी छ ” | देशबाट टाढा बसेर पनि देश विकास र समाज परिवर्तनको भाव बोकेर अगाडी बढ्दै गरेका निर्माता दिवाकर महर्जनसंग मनोरंजनसंसार डटकमले गरेको कुराकानीको केहि अंश :
के छ हजुर सन्चै हुनुहुन्छ ?
हजुर सन्चै छु |
अनि आजभोली कता ब्यस्त हुनुहुन्छ ?
अहिले त म मेरो चलचित्र “रिलेशन” को प्रोमोशनमा नै ब्यस्त छु | भकरै मात्र अमेरिकाको हलीउड थेटरमा चलचित्र रिलेशन प्रदर्शन भएको छ | अब अन्य १० देशमा पनि चलचित्र प्रदर्शनको कुरा भएकोले अहिले त्यसैको तयारीमा ब्यस्त छु |
अमेरिकाको हलीउड थेटरमा आफ्नो चलचित्रलाई प्रदर्शन गर्न सफल हुनुभयो सबैबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?
सबैबाट एकदमै राम्रो र हौसला पूर्ण प्रतिक्रिया पाएको छु | चलचित्र हेर्नलाई नेपाली दर्शकहरुको साथसाथै बिदेशी दर्शकहरुको समेत उपस्थिथि रहेको थियो | बिदेशी दर्शकहरुले चलचित्र हेरेर नेपालको बारेमा धेरै कुरा जान्न इच्छा राख्नु भयो त्यो देख्दा आफु नेपाली भएकोमा गर्व महसुस भयो | नेपाली चलचित्रको पनि स्थर निकै माथिको रहेको छ भनेर उहाहरुले प्रतिक्रिया दिनुभयो र आफुहरुलाई पनि नेपाल हेर्न जान ठुलो धोको रहेको कुरा पनि बताउनु भयो |
निर्माता बन्ने सोच कसरी आयो हजुरलाई ?
आफु देशबाहिर बसेता पनि देशको स्थिथिलाई नजिकबाट नियालेको छु र मलाई लाग्छ हामी जहाँ भएपनि आफ्नो तर्फबाट समाज परिवर्तन र देश विकासको निमित्त योगदान दिन जरूरी छ | त्यसैले चलचित्रको माध्यमबाट समाज परिवर्तन र देश विकासमा टेवा पुराउन सकिन्छ भन्ने विश्वासले नै निर्माताको भूमिका निर्वाह गरेको हु |
अहिले नेपाली चलचित्रको टेस्ट अर्कै तर्फ मोडिएको स्थिथिमा तपाईको यस किसिमको चलचित्र स्थापित रहला त ?
हेर्नुस मैले पैसा कमाउनको लागि चलचित्र बनाएको हैन | यदि पैसा नै कमाउनको लागि हो भने मैले चलचित्र बनाउने पर्ने कुनै आवस्यकता छैन म २२ बर्ष भयो अमेरिका बस्न थालेको म आफ्नै व्यापार गर्न सक्छु | तर टाढा बसेता पनि देशको माया र चिन्ता मनमा सधै रहन्छ किन कि म मनबाट नेपाली हु |
आफ्नो धेरै बर्षको खेल जीवनको अनुभव र देशप्रतिको लगावले चलचित्रको माध्यमबाट देश विकासको लागि केहि योगदान दिन प्रयास गर्न खोजेको हु | म सफल हुन्छु कि हुन्न मलाई थाहा छैन तर मलाई आफु माथि विश्वास छ म कहिले पनि हार खाने छैन |
के तपाइको चलचित्र हिट होला त ?
मलाई मेरो चलचित्र हिट नै हुनु पर्छ भन्ने छैन म मात्र चाहन्छु मेरो चलचित्रबाट सम्पूर्ण दर्शकहरुले केहि ज्ञान लिनु होस | मैले सम्पूर्ण नेपाली दर्शकहरुलाई दिन खोजेको संदेश उहाहरु सम्क्ष पुगे म सन्तुष्ट छु |
तपाइको बिचारमा चलचित्र भनेको के हो ?
चलचित्र भनेको मनोरंजनको आधार हो | चलचित्रले मान्छेलाई मनोरंजन प्रदान गर्नुको साथै धेरै कुराहरुको ज्ञान समेत दिन्छ | चलचित्रले मान्छेको सोच्ने क्षमतालाई धेरै माथि सम्म लैजान मदत गर्दछ | चलचित्रको माध्यमबाट हामीले धेरै कुरालाई सजिलै संग प्रस्ट पार्न सक्दछौ र यो निकै उपयोगी पनि हुन्छ किन भने मान्छेले चलचित्रको कुरालाई सधै आफ्नो स्मरणमा राखिरहेको हुन्छ |
तपाइको बिचारमा नेपाली चलचित्रको हालत अहिले कस्तो छ ?
मेरो बिचारमा त अहिले सबै राम्रो छ बिचमा केहि समस्या आएता पनि अहिले बिस्तारै राम्रो गर्दैछ नेपाली चलचित्रले | नेपालमा मात्रै नभएर बिदेशमा समेत राम्रो नेपाली चलचित्रको निकै राम्रो माग र सम्मान रहेको छ |
तपाई देश बाट टाढा बसेको मान्छे तर पनि देश विकासको निमित्त यतिका कुरा गर्दै हुनुहुन्छ सम्बन्धित निकायबाट कत्तिको सहयोग पाईरहनु भएको छ ?
मैले कुनै सहयोग पाएको छैन | हामी यति टाढा रहेर पनि देशको लागि केहि गर्न प्रयास गर्दा सरकारबाट केहि सहयोग नपाउदा दुख त लाग्छ तर दर्शकहरु नै सबै थोक भएको हुनाले मलाई मेरो सम्पूर्ण नेपाली दर्शकहरुले साथ र सहयोग दिए पुग्छ | मैले समाज परिवर्तनको लागि केहि पाईला चालीरहेको छु र मलाई विश्वास छ सम्पूर्ण नेपाली दर्शकहरुले मेरो यस प्रयासको उचित सम्मान गरिदिनुहुने छ |
चलचित्र निर्माण गर्न कत्तिको गाह्रो हुदो रहेछ त ?
केहि समस्या र कठिनाई त हुदो रहेछ तर सबैको साथ पाए भने चाही सबै काम सजिलो हुदै जाडो रहेछ | मैले सहि मान्छे को साथ र सहयोग पाए त्यसैले पनि म खुसि छु र मलाई खासै गाह्रो भएन |
चलचित्रको निर्माता पनि हुनु भो अनि कलाकार पनि कस्तो अनुभव हुदो रहेछ ?
म पहिलो पल्ट निर्माता भए अनि कलाकार पनि त्यसैले निकै खुसि लागेको छ र सुरुमा समस्या पनि भयो तर चाहना भएसी सबै कुरा सजिलो हुदो रहेछ | त्यसैले मैले सक्ने जति प्रयास गरेको छु र मेरो पहिलो काम पनि हो अब अगाडी अझै राम्रो गर्नेछु भन्ने विश्वास ब्यक्त गर्न चाहन्छु |
तपाईलाई देश भित्रको पनि अनुभव छ र बाहिरको पनि तपाइको बिचारमा नेपाली चलचित्रको भविस्य कस्तो छ ?
मलाई लाग्छ नेपाली चलचित्रको भविस्य अगाडी निकै उज्ज्वल छ किन भने यता मात्रै हैन देश बाहिर पनि नेपाली चलचित्रको माया मोह र माग अत्याधिक रहेको छ | हामीले राम्रो कुरा सहि ढंगले प्रस्तुत गर्न सक्यो भने अन्तरास्ट्रिय बजारमा समेत अरुको तुलनामा नेपाली चलचित्रको स्थर निकै माथि सम्मको हुनेछ |
नेपाली चलचित्र क्षत्र र खेल क्षत्र दुवै फरक हो यसलाई कसरी ब्याख्या गर्नुहुन्छ ?
यो दुवै क्षत्र फरक हो किन भने खेल क्षत्रमा सबै वास्तविक हुन्छ भने चलचित्र क्षत्रमा काल्पनिक | त्यसैले यो दुवै क्षत्रलाई दाज्न मिल्दैन | अहिले नेपाली चलचित्र क्षत्रले बिस्तारै राम्रो गर्दैछ भने खेल क्षत्र जहाँ को त्यहि छ त्यसैले चलचित्र क्षत्र संगै खेल क्षत्रलाई माथि उकास्न पनि मैले यो चलचित्र निर्माण गरेको हु | मलाई विश्वास छ कि केहि हद सम्म मेरो प्रयासले हाम्रो खस्किदै गरेको खेल क्षत्रलाई विकास गर्न मदत पुराउने छ र खेल क्षत्र बाट टाढा रहनु भएका मानिसहरुलाई यस क्षत्रमा लगाव गराउनुको साथै सम्पूर्ण खेलाडीहरुलाई हौसला प्रदान गर्नेछ |
आफ्नो तर्फबाट सम्पूर्ण निर्माताहरु र यस क्षत्रका अग्रज व्यक्तिहरुलाई के भन्न चाहनु हुन्छ ?
हेर्नुस चलचित्र क्षत्र हाम्रो कारणले स्थापित रहेको छ त्यसैले यसलाई कसरी अगाडी बढाउने कुन स्थर सम्म लैजाने यो सबै हाम्रो हातमा छ | देश भित्र मात्र हैन देश बाहिरका दर्शकहरुले पनि हामीहरुबाट र नेपाली चलचित्रबाट धेरै आशा राख्नु भएको छ | त्यसैले हामीले उहाहरुको आशालाई विश्वासमा परिवर्तन गर्नु पर्दछ | हामीले दर्शकहरुलाई राम्रो चलचित्र दिने प्रयास गर्नुपर्छ र सहि मुल्यांकन उहाहरुले आफै गर्नुहुनेछ | यस क्षत्रमा रहेका कमि कमजोरीहरुलाई हामीहरु सबै मिलेर हटाउनु पर्दछ | यो क्षत्रलाई हामी सबै मिलेर एकजुट भएर माथिल्लो स्थरमा लैजान पहल गर्नुपर्दछ |
अन्त्यमा सम्पूर्ण दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?
सर्वप्रथम म सम्पूर्ण दर्शकहरुलाई अभिवादन टकराउन चाहन्छु | हामी सबै नेपाली हौ हामी जहाँ रहे पनि हाम्रो मन सधै नेपाली नै रहने छ | मैले पनि देशबाट टाढा बसेता पनि नेपाली मनबाट देश विकास र समाज परिवर्तनको लागि केहि प्रयास स्वरुप राम्रो चलचित्र बनाउने कोसिस गरेको छु आशा छ स्वीकार गर्नुहुनेछ | मैले पहिलो पल्ट यस क्षत्रमा बिना आफ्नो स्वार्थ निशपक्ष रुपले हात हालेको छु मेरो यो प्रयासलाई सहि ढंगले मुल्यांकन गरिदिनुहोस | म बाट पनि केहि गल्तिहरु भयो होलान केहि कमजोरीहरु रहेका होलान ति सबै चिजहरुलाई राम्रो संग सहि ढंगले बुझेर मुल्यांकन गरेर सल्लहा सुझाब दिनुहोला र अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहोला भन्न चाहन्छु |

%d bloggers like this: