Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
अभिनेत्री प्रियंका कार्कीका फ्यानका लागि खुशीको खबर छ । पछिल्लो समयकी यी चर्चित अभिनेत्री यही आउँदो शनिबार एउटा ग्राण्ड इभेन्टमा प्रस्तोता ‘एमसी’ को रुपमा प्रस्तुत हुँदैछिन्, जहाँ उनी आफ्ना फ्यान तथा प्रशंसकसँग करिब तीन घण्टा हुनेछिन् । त्यो तीन घण्टा प्रियंकाले आफ्ना फ्यानसँग मस्ती गर्नेछिन् ।
क्लबमाण्डु इभेन्ट मिडियाको आयोजना र रुस्लन भोड्काको मुख्य प्रायोजनमा शनिबार धापासीस्थित शहंशाह होटल परिसरमा रहेको स्वीमिङ पुलमा ‘गेट सेट वेट’ नाममा डान्स पार्टी हुँदैछ, जुन इभेन्टमा माइक कन्ट्रोल प्रियंकाले गर्दैछिन् । क्बलमाण्डुले पहिलोपटक यस्तो ग्राण्ड डान्स पार्टी गर्न लागेको हो, जसमा क्लासिक मिडियाको पनि सहकार्य रहेको छ । अहिलेको प्रचण्ड गर्मीमा ‘माइण्ड फ्रेस’ गर्न डान्स पार्टीको आयोजना गरिएको क्लबमाण्डुले जनाएको छ ।
आयोजकका अनुसार यस डान्स पार्टीका विभिन्न सेलिब्रेटीको पनि जमघट हुनेछ । यस पार्टीमा सहभागीका लागि टिकट दर ३०० राखिएको छ । यस ‘गेट सेट वेट’ पार्टीमा सहभागी हुन चाहनेले तलको ठेगाना अर्थात् क्लबमाण्डु डटकममार्फत समेत टिकट लिन सकिने आयोजकले जनाएको छ ।
Tickets available at:
A Tiny Little Cute Store, Basantpur Ph:4258446
Hukka House, Jhochhen 9841675371/9841292324

%d bloggers like this: