Tue. Apr 16th, 2024

मनोरंजनसंसार डटकम
अभिनेत्री तथा नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धरले आफ्नो आलोचकहरुलाई कडा जवाफ दिएकी छिन् । केही दिन अगाडी नयाँँ शक्ती पार्टिको घोषणा कार्यक्रममा आफूले सञ्चालन गरेको कार्यक्रमको बिषयमा अनावश्यक ‘कमेन्ट’ आएपछी करिष्माले फेसबुकमा एक लेख लेख्दै ‘कमेन्ट’ गर्नेहरूलाई जवाफ दिएकी हुन् ।
नयाँँ शक्ती पार्टिको घोषणा कार्यक्रममा करिष्माले अंग्रेजी शुद्धसँग उच्चारण गर्न नजानेको, अतिथीको नाम उल्टो भनेको तथा बोल्दा बोल्दै अक्मकिएको जस्ता ‘कमेन्ट’ले फेसबुक र ट्विटरका भित्ताहरू भरिएका थिए । सोही ‘कमेन्ट’को जवाफ स्वरूप आफूलाई बिद्धान भन्नेहरूलाई करिष्माले दिएको जवाफ जस्ताको तस्तै –
” केही लेख्न मन लाग्यो
याहा धेरै बिद्दाव्न हरु छन .तर ती बर्ग हरु तेति बेला सक्रिय हुन्छन् जब यहाँ कसैले गल्ती गर्छ या ऊनी हरु ले कसैको कमजोरी पत्ता लगाउछन नयाँ शक्ति नेपाल को घोषणा सभा पनि सबै को चासो को विषय बनी रह्यो त्यस् समारोहमा म बाट केहि गल्ती कमजोरी हरु भए .अनि ममा अरु पनि धेरै कमजोरी हरु होलान् र छन मैइले नजाने का अझै थुप्रै कुरा हरु होलान ..अनि
न राजनिती मेरो पृष्ठभूमि हो
न राजनिती मेरो चासोको विषय रह्यो
न राजनिती मा सकृय रूपमा आबद्ध भएर अगाडि बढने कुनै दिन कल्पना गरेको थिए र आज पनि मेरो जीवन रहे सम्म एऔटा कलाकार कै रुप मा सजिएर रेड कार्पेट मा टक टक टक टक हिड्न चाहान्थे होला र बिहान को चिया को चुस्की सङ्गै अनलाइन र पत्रपत्रिका मा आफ्ना फोटो हरु हेर्न चाहान्थे होला त्यही मैले जानेको र चाहेको चिज थियो
मलाई कस्ले राजनिती मा ल्यायो ?
म किन राजनिती मा आए ?
ती मानिस हरु जस्को जिम्मा मा राजनिती थियोे उनिहरु ले के गरे ?
अनि अर्को एउटा समूह जो बिद्दाव्न छन ती बिद्दाव्न हरु जो लामा लामा लेख लेखेर आफ्ना बिग्यता दर्शाउछन र याहा का हरेक क्षेत्र का कुना कुना का हिसाब किताब राखेर बसेका छन उनी हरु लाई देश कसरी डुबेको भन्ने पनि थाहा छ अनि देश लाई कसरी उतार्ने भन्ने पनि थाहा छ तर ती बिद्दाव्न हरु गर्छन् के भने येसै गरि पत्रपत्रिका मा आफ्ना ज्ञान् का भण्डार ओकालछ्न र फेसबुक र टुईटर मा पन्डित्याई गर्छन अनि देश उस्ता को उस्तै | म भन्न चाहान्छु तपाई हरु जस्तो ज्ञान भएका बिद्दाव्न हरु राजनीति मा आईदिनु भएको भये यो देश उहिल्यै बनी सक्थ्यो र करिस्मा मानन्धर जस्तो अल्पग्यानी हरु ले देश बनाउछु भनेर अघि सर्नु पर्दैन थियो यो मेरो लागि सौभाग्य भए पनि यो देश को लागि दुरभाग्य हो ,पर्खी रहनु होस लामा लामा आरटिकल लेख्दै गर्नोस् गलिगलोच ले सामाजिक सन्जाल का भित्ता रङ्गाउदै गर्नोस् कुनै दिन जनता को मन र मत जितेर यो देश को बिकाश मा ठुलो योगदान दिनेछु त्यो दिन धेरै टाडा छैन र त्यो दिन के भनेर उडाउने के भनेर आलोचना गर्न तैयारी आजै बाट सुरु गर्नु होला मेरो जीवन काल मा धेरै डिग्री भएका मनिस भेटेको छु येस्तो मानिस को न देश मा कमि छ न बिदेश मा कसै कसै सङ्ग त ट्रिपल डिग्री पनि छ तर माफ गर्नु होला तेस्को फाईदा को शब्द यो समाज ले चाख्न पाएन .म सङ्ग तपाईं हरु सङ्ग भएको डिग्री त छैन होला तर तपाई हरु सङ्ग म सित भए जस्तो देश को फिक्री छैन ..”

%d bloggers like this: