Thu. Apr 25th, 2024

durga kharel
संगीतकार अर्जुन पोखरेलको एकल संगीत तथा गायिका दुर्गा खरेलको एकल स्वरको गीति एल्बम ‘यूग’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ ।
सञ्चारकर्मी भरत शाक्य, राजेश खनाल, सामिप्यराज तिमिल्सिना, संगीतकार राम सिटौला, संगीतकार पोखरेल तथा गायिका खरेलले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् । विमोचित एल्बममा संगीतकार खरेल तथा अमृत रेग्मीको शब्द सुन्न सकिन्छ । विमोचित एल्बमका पा“च गीतहरुमा फणीन्द्र राई, महाराज थापा, किरण क“डेल तथा अर्जुन पोखरेलको संगीत संयोजन छ । एल्बममा ‘त्यो काले काले केटाले’, ‘के सुनाउ भन साथी’, ‘बरु यो ज्यानको बाजी’, ‘तिमीले त अर्कै मन परायौ’ तथा ‘बा“कि जीवन जीउ“छु’ शीर्षकका गीत समावेश छन् ।
समारोहमा एल्बमको ‘त्यो काले काले केटाले…’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । संगीतकार पोखरेलकै शब्दको यो गीतको भिडियोको निर्देशन सञ्चारकर्मी सुव्रत आचार्यले गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा नायिकाहरु नम्रता सापकोटा, रीमा विश्वकर्मा तथा एनी कु“वरको साथमा मोडल सुशान्त सिंह ठकुरीले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । भिडियोमा माइकल चन्दको कोरियोग्राफी छ भने अर्जुन तिवारीले भिडियो खिचेका हुन् । भिडियोका सम्पादक निशान घिमिरे हुन् । एल्बमकै ‘बरु यो ज्यानको बाजी’ गीतको म्युजिक भिडियो यसअघि नै प्रदर्शन भैसकेको छ जसमा नायिका महिमा सिलवाल तथा अशोकले अभिनय गरेका छन् ।
प्रतिभाशाली गायिकाको रुपमा स्थापित भैसकेकी गायिका दुर्गा खरेलले यसअघि ‘दिल’ शीर्षकको एकल एल्बम सार्वजनिक गरिसकेकी छिन् । उक्त एल्बमको ‘किन किन उनीलाई…’ गीत लोकप्रिय मात्रै भएन, गायिका खरेललाई दुई भिन्न एवार्ड समारोहमा सर्वोत्कृष्ट पप गायिकाको एवार्ड दिलाउन समेत सफल भयो । सोही एल्बमको ‘बैंस जस्तो बादल’ गीतबाट गायिका खरेलले छिन्नलता पुरस्कार पाइसकेकी छिन् । उक्त गीतमा सुरेश अधिकारीको संगीत तथा दिनेश अधिकारीको शब्द छ ।
यसबाहेक चलचित्र ‘दीलमाया’ को ‘छुट्छ कि साथ टुट्छ कि नाता’ गीतबाट गायिका खरेलले पाश्र्व गायनमा नेफ्टा चलचित्र एवार्ड, ‘रिमझिम रिमझिम पानी पर्यो’ बाट विन्ध्वासिनी एवार्ड, ‘मेची महाकाली मिचियो’ गीतबाट इमेज एवार्ड तथा ‘किन किन’ गीतबाट विन्ध्यवासिनी एवार्ड पाइसकेकी छिन् ।

 

%d bloggers like this: