‘प्रेम गीत’मा पशुपती शर्माको यस्तो दोहोरी

मनोरंजनसंसार डटकम | Sunday, February 7th, 2016

yeta tirkha pashupati sharma

आगामी माघ २९ गते रिलिजमा आउने सिनेमा ‘प्रेम गीत’ को लोक गीतको भिडियो रिलिज भएको छ ।

‘यता तिर्खा लागेको धेरै भो’ बोलको उक्त गीतमा चर्चित लोक गायक पशुपती शर्मा र पुर्णकला विसीले स्वर दिएका छन् । गीतमा संगीत अर्जुन पोखरेलको र शब्द यादव लम्सालको रहेको छ ।

भिडियोमा समेत पशुपती र नायिका पुजा शर्मालाई देखाईएको छ भने कोरियोग्राफर रेनशा वान्तवा राईले भिडियो आकर्षक बनाउन मेहेनत गरेकी छन ।

pooja sharma prem geet

सुदर्शन थापा निर्देशित सिनेमामा पूजा संगै प्रदीप खड्का शिर्ष भूमिकामा छन् । सन्तोष सेनले निर्माण गरेको सिनेमाको गीत संगीत हिट छ ।

Facebook Comments