Fri. Apr 19th, 2024

aadrakattiठुला ब्यानर भनेपछि उनीहरुको काम पनि पक्कै ठुलो हुने भइनै हाल्यो सायद त्यसैको एउटा गतिलो उदारहण थियो चलचित्र अधकट्टीको एल्बम विमोचन कार्यक्रम । सोमबार राजधानीको एक होटलमा रात्री भोज सहितको भब्य कार्यक्रम आयोजना गरेकोे चलचित्र अधकट्टी यूनिटले सोहि कार्यक्रममा एल्बम विमोचन गरिएको थियो । नायिका करिश्मा मानन्धर, झरना थापा, दिपाश्री निरौलादेखि अहिलेका नायिका प्रियंका कार्की, निता ढुंगाना, नम्रता श्रेष्ठ, शिल्पा पोख्रेल, ऋचा शर्मा, हर्षिका श्रेष्ठले संयूक्त रुपमा चलचित्र अधकट्टीको अडियो गीतहरुको संगालो रहेको एल्बम विमोचन गरे । उक्त कार्यक्रम हेर्दा लाग्थ्यो जहाँ निकै धनाड्य बाऊको छोराको बिहे भइरहेको छ तर कार्यक्रम भने चलचित्र अधकट्टीको एल्बम विमोचनको थियो । उक्त कार्यक्रम स्थलमा राखिएका सामाग्रीहरु निकै महंगो खर्चमा भाडामा ल्याइएको थियो भने करिब १०० जना भन्दा बढि चलचित्रकर्मी,पत्रकार लगायतको उपस्थिति रहेको थियो । साथैं एल्बम विमोचन कार्यक्रममा चलचित्रका कलाकरहरुले आकर्षक नृत्य प्रस्तुत समेत प्रस्तुती गरेका थिए । द्धारिक उदय फिल्मस्को प्रस्तुतीमा तयार भएको यो चलचित्रमा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गौरव पहारी, प्रदिप बाँस्तोलाको साथमा विशेष भूमिकामा नम्रता श्रेष्ठ र गजित बिष्टले अभिनय गरेका छन् ।  चलचित्र जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।

%d bloggers like this: