Tue. Apr 23rd, 2024

२०७१ सालको चैत २७ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र हवल्दार सुन्तलीको बिहिबार काठमाडौंको गोपीकृष्ण हलमा प्रेस शोका आयोजना गरि पत्रकार,चलचित्रकर्मी लगायतले हवल्दार सुन्तली हेरेका छन् । चलचित्रको प्रेस शोपछि चलचित्रकी मुख्य पात्र अर्थात नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको अंगालोमा कसिदैं छविराज ओझाप्रति माया दर्शाएकी थिएन । छविराजले पनि नायिका शिल्पा पोखरेल आफ्नो अगामी चलचित्रमा पनि मुख्य भुमिकामा नै हुने बताएका थिए । साथैं छविराज ओझाले आफू र शिल्पाको सम्बन्धमा कुनै खटपट नभएको समेत बताए । यस अघि शिल्पा ‘किस्मत २’को लागी पनि पक्का भइसकेकी छिन् ।

chabbi-shilpa

छविराज ओझाले निर्माण गरेको चलचित्र लज्जाबाट नेपाली चलचित्रक्षेत्रमा डेव्यू गरेकी शिल्पाको हवल्दार सुन्तली दोस्रो चलचित्र हो । हवल्दार सुन्तलीले प्रदर्शनमा आएको ५ दिनमानै करोडको व्यापार गरेको वितरकहरु बताउँछन् । हवल्दार सुन्तली धामीको वास्तविक कथामा निर्माण भएको चलचित्र हवल्दार सुन्तलीको प्रेस शो हेरेपछि पत्रकार तथा चचित्रकर्मीले शिल्पाको निकै तारिफ गरेका थिए । शिल्पाले हवल्दार सुन्तलीमा दर्शकको मनजित्ने गरि अभिनय गरेकी छिन्,जुन अभिनयलाई दर्शकहरुले पनि अत्याधिक मनपराएका छन् । छविराज प्रोड्क्सनको ब्यानरमा छविराज ओझाको निर्माण र ऋषि लामिछानेको निर्देशन रहेको चलचित्र ‘हवल्दार सुन्तली’मा शिल्पासगैं नायकद्धय किशोर खतिवडा र सविन श्रेष्ठको मुख्य भुमिका रहेको छ ।

%d bloggers like this: