Tue. Apr 23rd, 2024

बर्षकै सर्वाधिक महंगो खर्चमा निर्माण भएको चलचित्र ‘चंखे शंखे पंखे’को छायांकन हिजो शनिबारबाट सकिएको छ । जेठ १ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘चंखे शंखे पंखे’को हिजो शनिबार २० सेकेण्डको दृश्यका लागि मल्टिकप्टरको प्रयोग गरिएको छ । २० सेकेण्डको दृश्यका लागि दिनभर लगाएर छायांकन गरिएको हो । २० सेकेण्ड लामो दृश्यका लागि चलचित्रका निर्देशक सुर्दशन थापाले पुरै दिनभर लगाएर दृश्य कैद गर्दा सुटिङ माहोल समेत रोचक बनेको थियो । पछिल्लो समय नेपालमा केही फिल्म खिच्न प्रयोग हुँदै आएको हेलिक्याम सर्ट जसलाई ईन्जिनियरहरुको भाषामा भन्दा गिम्बलसर्ट भनिन्छ । दुई भन्दा बढी पखेटा प्रयोग गरी बनाइएको मल्टीकप्टर वा हेलिकप्टरबाट लिईने सर्टलाई गिम्बल सर्ट भनिएको हो ।

3

‘हामीले लामो समय कुरेर आज यो सर्ट खिचेका हौं किन कि यस फिल्ममा कहि पनि कम्प्रमाईज भन्ने शब्द छैन् ।’ उक्त सर्टका बारेमा निर्देशक एवं नायक सुर्दशन थापाले यस्तो प्रतिक्रिया दिए । महंगो खर्चका साथ शनिबार काठमाण्डौको ग्रान्डी अस्पतालमा यो दृश्य कैद गरिएपछि चलचित्रको सम्पूर्ण छायांकन पनि सकिएको छ । चलचित्रको प्रचारलाई बलिउड शैलीमा लैजाने निर्माता सन्तोष सेनको भनाई छ । बर्ष ७१ मा नेपालमा बनेका फिल्महरु मध्येकै सर्वाधिक बजेटमा बनेको भनिएको फिल्म ‘चंखे शंखे पंखे’ यहि साता देखि औपचारिक प्रचार प्रसारमा पनि उत्रिदैछ जसको प्रचार प्रसारका लागि ३० लाख बजेट छुट्याएको निर्माता सन्तोष सेनले जनाएका छन् । छायांकार राजेश श्रेष्ठले बलिउडमा काम गर्दा मल्टिकप्टरको प्रयोग गरिएपनि नेपालमा भने पहिलो पटक गरेको बताए ।

8

नेपालमा ४ देखि ६ र १२ वटासम्म पखेटा लगाएर नेपालका इन्जिनियरहरुले मल्टिकप्टर तयार पारेका छन् । चलचित्र चंखे शंखे पंखेमा सुर्दशन थापा, सुवास थापा, प्रेम पुरी, पूजा शर्मा, नन्दिता केसी, राजाराम पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा गोविन्द राईको नृत्य, अष्ट महर्जनको द्वन्द्व, राजेश श्रेष्ठको छायांकन हुनेछ । रामशरण पाठकको कथा, ताराप्रकाश लिम्बुको संगीत रहने चलचित्रमा ३ गीत समावेश छन् । चलचित्रमा चंखेको भूमिकामा सुवास थापा, शंखेको भूमिकामा सुदर्शन थापा र पंखेको भूमिकामा प्रेम पुरी देखिदैछन् । सुदर्शन थापाले निर्देशन रहेको यस चलचित्रमा सन्तोष सेन ठकुरीको लगानी गरेका छन् ।

%d bloggers like this: