Thu. Apr 25th, 2024

जेठ १५ गते अलनेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाटी’को ‘यो मायाको रीत यस्तै’ बोलको अफिसियल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दयाराम दाहालको शब्द,आयुष बिसीको संगीत रहेको गीतमा शिव परियारको स्वर सुन्न सकिन्छ । उक्त सार्वजनिक गीतमा प्रेम शर्मा पौडेलले कोरियोग्राफी गरेका छन् ।

lati

सृजना फिल्मस् को व्यानरमा तयार यो चलचित्रमा सविका कार्की, रिभल मल्ल, जिके शर्मा, रामचन्द्र अधिकारी, सुवास गजुरेलसँगै पछिल्लो समयको हिट चलचित्र ‘झोला’का बाल कलाकार सुजल नेपालको मुख्य अभिनय छ । यो चलचित्रले एक सरल स्वभावकी युवतीले झुल्नुपर्ने सामाजिक अवस्थाको चित्रण गरेको निर्माता खरेलले बताए । चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक साने को नै हो । ‘लाटी’मा शिशिरजय खरेल, प्रशन्न रिमाल, त्रिलोचन सैजु र निशा अधिकारीको लगानी छ ।

%d bloggers like this: